छोरा आर्यन ड्रग्स केसमा मुछिएपछि शाहरुखसँगको विज्ञापन डील रोक्दै कम्पनी – Nepal Press

छोरा आर्यन ड्रग्स केसमा मुछिएपछि शाहरुखसँगको विज्ञापन डील रोक्दै कम्पनी

आर्यनलाई धरौटीमा रिहा गर्न अदालतको अस्वीकार

मुम्बइ । छोरा आर्यन खान लागूऔषध मामिलामा मुछिएपछि यसको असर पिता शाहरुखको व्यवसायिक करिअरमा समेत पर्न थालेको छ । बलिउड संचारमाध्यमले शाहरुखको ब्रान्डिङमा आर्यनको ड्रग्स प्रकरणले असर पार्ने अनुमान गर्न थालिसकेका छन् ।

लर्निङ एप बायजुसले शाहरुख खानसँगको सबै विज्ञापनमा रोक लगाइदिएको छ । यति मात्र हैन, शाहरुखको प्रि-बुकिङ विज्ञापनमा समेत रोक लगाउन थालिएको छ ।

शाहरुखको स्पोन्सरसिप डिल्समा बायजुस सबैभन्दा ठूलो ब्रान्ड थियो । यो ब्रान्ड इन्डोर्स गरेबापत शाहरुखलाई वर्षेनी ३ देखि ४ करोड भारु प्राप्त हुन्थ्यो । सन् २०१७ देखि उनी ब्रान्ड एम्बेसडर थिए ।

यसबाहेक उनीसँग आइसीआइसीआइ बैंक, रिलायन्स जिओ, एलजी, दुबई टुरिजम, हुन्डाइजस्ता ४० वटा कम्पनीका इन्डोर्समेन्ट छन् । आर्यन खानको गिरफ्तारीपछि सामाजिक संजालमा शाहरुख खानविरुद्ध पनि ट्रोलिङ सुरु भएको थियो ।

मानिसहरुले शाहरुखले गर्ने विज्ञापनविरुद्ध पनि ट्रोल गर्न थालेका थिए । सामाजिक संजालमा प्रयोगकर्ताले बायजुसलाई शाहरुखलाई एम्बेसडर बनाएर कस्तो सन्देश दिन खोजेको भनेर प्रश्न गरेका थिए ।

यसैबीच, मुम्बइ अदालतले आर्यन खानलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ । यसको अधिकार आफूसँग नभएको र सेसन कोर्टमा अपिल गर्न समेत अदालतले भनेको छ । आर्यनलाई थप १४ दिनको लागि न्यायिक हिरासतमा पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर