प्रचण्डको दावी : हिजोबाट गठबन्धन भत्किने दुर्घटना टर्‍यो, अब अर्ली इलेक्सन हुँदैन (भिडिओ) – Nepal Press

प्रचण्डको दावी : हिजोबाट गठबन्धन भत्किने दुर्घटना टर्‍यो, अब अर्ली इलेक्सन हुँदैन (भिडिओ)

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पूर्ण अवधि काम गर्ने जिकिर गरेका छन् । चितवन उद्योग संघको ३० औं वार्षिक साधरणसभा तथा १६ औं अधिवेशनको उद्घाटन गर्दै उनले तत्काल सरकार विघटनको सम्भावना टरेको बताए ।

‘धेरैलाइ शंका थियो, पूर्णता नपाउँदै दुर्घटनामा पर्छ कि’ उनले भने, ‘हिजोबाट दुर्घटना टरेको छ, शंका छ भने हटाइदिनूस ।’ उनले निर्वाचन समय आएपछिमात्रै हुने बताए । ‘समय आएपछि मात्रै निर्वाचन हुन्छ’ उनले भने, ‘अगाडि नै निर्वाचन हुँदैन, अब सबै मिलेर काममा जुट्ने बेला आएको छ ।’

उनले देशको राजनीति सङ्लो पार्ने काम भैरहेकोमा जोड दिए । ‘राजनीतिलाई नीतिहरुको राजा भनिन्छ, राजनीति सङ्लिए सबै सङ्लिए’ उनले भने, ‘राजनीति बेथितितिर गए जति गरे पनि भए सबै बेथितितिर जान्छ, अहिले मिहेनत गरेर सङलो पार्ने काम गरिएको छ ।’

उनले कृषि उद्योग मार्फत नै आयात प्रतिस्थापन र निर्यात प्रर्वद्धन हुने भएकाले कृषि उद्योग विस्तारमा जोड दिनुपर्नेमा जोड दिए । यसअघि भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आगामी चुनाव गठबन्धन गरेरै हुने जिकिर गरे ।

मन्त्रीमण्डल विस्तारमा न्यायालयलाई भागवण्डा गरियो भनेर भ्रम छरिएको बताए । कांग्रेसको कोटामा बनेका मन्त्रीलाई न्यायालयको व्यक्ति भनेर प्रचार गरिएको उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर