प्रचण्डलाई गोकुल बास्कोटाको जवाफ : हेप्ने नै हो, हराउने नै हो (भिडिओ) – Nepal Press

प्रचण्डलाई गोकुल बास्कोटाको जवाफ : हेप्ने नै हो, हराउने नै हो (भिडिओ)

विनोद चौधरीलाई ४ अर्ब फाइदा हुने काम नगरिदिएपछि प्रचण्ड आफूविरुद्ध लागेको दावी

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले विनोद चौधरीलाई ४ अर्ब फाइदा हुने काम नगरिदिएबापत प्रचण्ड आफूविरुद्ध लागेको दावी गरेका छन् ।

एमाले काभ्रे-काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलालाई शनिवार सम्बोधन गर्दै बास्कोटाले दलाल पुँजिपतिहरुका लागि प्रचण्डले आफूलाई पटक-पटक बोलाएर प्रधानमन्त्री समक्ष लगेर काम गराउन खोज्दा पनि नमानेपछि आफूविरुद्ध षड्यन्त्रमा लागेको बताए ।

बास्कोटाले भने- ‘पुष्पकमल दाहालले ठूला कुरा नगरे हुन्छ,विनोद चौधरीका लागि कतिपटक मलाई दबाब दिए । दिनै नहुने लाइसेन्स दिएर नेपाल टेकिलम डुबाउने खेल मैले मानिन । २५ लाखमा लाइसेन्स दिदा चौधरीलाई ४ अर्ब फाइदा हुने रहेछ ।’

बास्कोटाले पाँचखाल पुगेर प्रचण्डले आफूविरुद्ध भाषण गरेको भन्दै दलालका काम नगरे बापत प्रचण्डले विभिन्न पात्र खडा गरेर बदनाम गराउन खोजेको बताए । उनले हिम्मत भए कारवाही गरेर आफूलाई जेलमा हाल्न चुनौति समेत दिए ।

पूर्वमन्त्री बास्कोटाले भने- प्रचण्डले भुक्दै हिड्नु पर्दैन, मैले भन्देको छु । तिमीहरुको कम्पर्टेबल सरकार छ, कम्फर्टेबल अदालत छ । सक्छौ भने छानविन गर, कारवाही गरेर जेल हाल । अस्ति मेरो नाम लिँदै पुष्पकमलले हामीलाई हेप्ने ? भनेछन् । हेप्ने नै हो, प्रचण्डलाई झारपातले त हेप्छन्, गोकुल बास्कोटा त एमालेको नेता हो । हेप्ने नै हो र हराइदिने हो । अब खुकुरी ,बन्दुक, ग्रिनेडको धाक नदिए हुन्छ ।

पूर्वमन्त्री बास्कोटाले काभ्रेको विकासका लागि एमाले सरकारले गरेका काम सुनाउँदै माधव नेपालले नागीको एयरपोर्ट बन्न नदिएको र गठबन्धन सरकारले सडक आयोजनाहरु कटाइदिएको कुरा आगामी चुनावमा जनताबीच लिएर जान कार्यकर्तालाई आग्रह गरे । उनले भने- प्रचण्डले अस्ति पाँचखालमा भनेछन् सुरुङ पनि छ रे यहाँ त, तपाईहरु भाग्यमानी हुनुहुन्छ । भाग्यमानी बनाउने पात्र एमाले र गोकुल बास्कोटा हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर