इपीएल फाइनलपूर्व के भन्छन् दुई टिमका कप्तान ? – Nepal Press

इपीएल फाइनलपूर्व के भन्छन् दुई टिमका कप्तान ?

काठमाडौं । बहुप्रतिक्षित एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चौथो संस्करणको फाइनलमा भोलि दुई नयाँ टोली भिड्दै छन् । नयाँ टोली यो अर्थमा कि प्रतियोगिता चौथो संस्करणसम्म आइपुग्दा चितवन टाइगर्स र पोखरा राइनोज पहिलो पटक फाइनलमा पुगेका हुन् ।

ईपीएलको समूह चरण र पलिहो क्वालिफायरमा पोखरालाई हराउको चितवन फेरि एक पटक हराउँदै पहिलो पटक च्याम्पियन बन्ने तयारीमा छ । तर, पोखरा भने ती सबै हारको बदला एकै खेलमा लिँदै ईपीएलको चौथो संस्करण च्याम्पियन बन्ने लक्ष्यमा छ ।

‘फाइनल एउटा स्टेप हो । अर्को नराम्रो हाम्रो टोली राम्रो भन्न मिल्दैन । फाइनल सम्म पुग्यौ भनेपछी दुबै टोलि राम्रो छ,’ पोख राइनोजका कप्तान विनोद भण्डारी भन्छन्, ‘भोली जस्ले राम्रो क्रिकेट खेल्छ उसैले जित्छ । फाइनलमा पक्कै पनि प्रेसर हुन्छ । तेस्लाई कसरी ह्यान्डल गर्ने भन्ने हो । इपिएलको फाइनल पहिलो चोटी खेल्दै हो भन्ने सोचेर खेल्यौ भने झन प्रेसर थपिन्छ जस्तो लाग्छ । त्यसैले नर्मल गेम जस्तै खेल्न पर्छ ।’

चितवनविरुद्ध यसअघि दुबै खेलमा आफ्नो टोलीले ब्याटिङ गरेर राम्रो लक्ष्य दिन नसकेको बताउँदै हेरौं भोलि के हुन्छ भन्ने भोलि नै थाहा हुने कप्तान भण्डारीले बताए ।

ओपनिङ पार्टनरसिपमा एक राष्ट्रिय खेलाडी हुने भएकाले शंका देखिएको बताउँदै विनोदले बताए ।

‘अर्को साइडमा रिचार्ड लेभी हुन्छ्न । नेपाली ब्याटरले टिकेर खेल्ने हो भने ओपनिङमा केहि समस्या छ जस्तो मलाई लाग्दैन,’ विनोदले भने, ‘लिगमा विदेशी खेलाडीको आगमन हुने हुँदा घरेलु खेलाडीले धेरै सिक्न पाउँछन् । खेलाडी जुन क्लबसँग जोडिएको भएपनि सबै खेलाडीले सिक्न पाउँछन् । इपिएलको पहिलो सिजनदेखि अहिलेसम्म आइपुग्दा धेरै परिवर्तन आएको छ । खेलाडीहरूको लेभल पनि बढिरहेको छ ।’

यस्तै चितवनका कप्तान सोमपाल कामी भने भोलिको फाइनल आफूलाई प्रमाणित गर्ने अवसर रहेको बताउँछन् ।

‘हामीले पोखरालाई प्रतियोगितामा यसअघि दुई पल्ट हराएको भए पनि त्यो हिजो हो । फाइनल भन्दा नि मेरो लागि एउटा गेम जस्तै हो,’ सोमपालले भने, ‘आफूलाई प्रमाणित गर्ने अवसर हो, जस्तो लाग्छ । क्रिकेटमा जति दायित्व बढ्छ, त्यति नै खेलाडीको प्रदर्शनमा निखार आउँछ । म मेरो टोली र आफैँप्रति पूर्ण कन्फिडेन्ट छु ।’

यसअघिका दुबै खेलमा सहज जित निकालेकाले पोखराको केही कमजोरी आफूलाई थाहा भएको सोमपालले बताए ।
‘प्रतियोगितामा भोलि फाइनल खेल बाँकी नै छ । जसरी पनि सबैभन्दा ठूलो कुरा सिक्ने हो । धेरै प्रेसर चै लिदैनौं,’ उनले भने, ‘भोलिको टिम अब पोखराको टिम कस्तो हुन्छ त्यही अनुरुप हुन्छ ।’

ईपीएलको जारी संस्करण पछिल्लो सिजन जस्तो नभएको र पूर्ण फरक रहेको उनले बताए ।

‘शाहिद आफ्रीदी जस्ता खेलाडी आउनु र अरू विदेशी खेलाडीसँग ड्रेसिङ रूम सेयर गर्न पाउनुले निक्कै फरक पार्छ,’ उनले भने, ‘यो सकारात्मक कुरा हो । यसबाट सिक्ने मौका धेरै पाउछौ । हाम्रा विदेशी खेलाडीसँग सिक्ने कुरामा कुनै डर नरहेको जस्तो मैले महसुस गरेको छु ।’

क्रिकेट ब्याट–बलको खेल भएकाले एउटा बल ले नै खेल परिवर्तन गर्न सक्ने बताउँदै सोमपालले भने– ‘प्रेसर लिएको छैन । धेरैपछि प्रतियोगिता खेलेकाले टोलिमा जितको भोक छ । यसअघिलो प्रदर्शनलाई निरन्तरता दिने कोसिस गर्नेछौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *