कांग्रेस प्रतिनिधिमण्डल र बीजेपी महासचिवबीच दिल्लीमा भेटवार्ता


दिल्ली । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी)बीच आज बीजेपी मुख्यालय दिल्लीमा भेटवार्ता भएको छ ।
प्रकाशशरण महतले नेतृत्व गरेको कांग्रेस प्रतिनिधिमण्डल र बीजेपी महासचिव अरुण सिंहको टोलीबीच छलफल भएको छ ।
बीजेपीको तर्फबाट दार्जिलिङबाट प्रतिनिधित्व गर्ने भारतीय सांसद राजु विष्ट, नेता अनिरबन गांगुली र राज्यसभा सांसद सुधांश त्रिवेदी पनि सहभागि थिए ।
दुबै दलको सम्बन्धलाई घनिष्ठ तुल्याउने बारे छलफल भएको बीजेपी विदेश विभाग प्रमुख विजय चौंथाइवालेले बताएका छन् । भारतसँगको सम्बन्ध सुधार्न प्रधानमन्त्री शेरबहादुर देउवाले बीजेपीको निम्तोमा महत नेतृत्वको टोलीलाई दिल्ली पठाएका हुन् ।
यसअघि कांग्रेसको निम्तोमा बीजेपी विदेश विभाग प्रमुख चौंथाइवाले नेपाल भ्रमणमा आएका थिए ।