जर्सिङपौवामा एसियाकै दोस्रो लामो जिपलाइन बन्ने – Nepal Press

जर्सिङपौवामा एसियाकै दोस्रो लामो जिपलाइन बन्ने

काठमाडौं । काटमाडौंको जर्सिङपौवामा एसियाको दोस्रो लामो जिपलाईन बन्ने भएको छ । शंखरापुर नगरपालिकाकाले मणिचुडदेखि जर्सिङपौवासम्म २ हजार ८ सय मिटर लामो जिपलाईन बन्न लागेको हो ।

जुन एसियाकै दोस्रो तथा नेपालकै पहिलो लामो जिपलाईन भएको सञ्चालकको दावी छ । यो जिपलाइनले मणिचुड धार्मिक र जर्सिङपौवाको रमणिय तथा धार्मिक र अन्य पर्यटकलाई जोड्न सघाउ पुर्‍याउने बताइको छ ।

मणिचुडमा शान्ति पार्क र ६५ फिट आग्लो बुद्धको मुर्तिको निमार्ण भईरहेको छ भने धार्मिक कुण्ड रहेको छ । त्यस्तै धार्मिक र अन्य रमणिय क्षेत्रलाईलाई जोडन सडका मार्गको उस्तरोन्ती गर्ने काम समेत अगाडि बढाइएको छ ।

उक्त जिपलाइन जर्सिङपैवा काठमाडौंबाट नजिकमा पर्ने यस क्षेत्रको पर्यटन विकासमा महत्वपुर्ण भुमिका खेल्ने सञ्चालक नविन हुमागाईले बताएका छन् । यो जिपलाईने यस क्षेत्र पर्यटन प्रवद्धन तथा नागरिकको आर्थिक स्थितिमा समेत सुधार आउने उनको विश्वास छु,उनले भने ।
एसियाकै लामो जिपलाईन बाउनु आफैमा चुनौतिपूर्ण भएको निमार्ण कम्पनीले जनाएको छ ।

उपकरणदेखि दक्ष जनशक्ति समेत भारत लगायतका तेस्रो मुलुकबाट ल्याउनु पर्ने भएकोले निमार्ण कार्य निकै चुनौतीपूर्ण रहेको निमार्ण कम्पनीले जनाएको छ । ८ करोड लागतमा बन्न लागेको लागेको जिपलाईन ६ महिना भित्र सञ्चालनमा आउने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *