कांग्रेसबाट थपिने मन्त्रीको टुंगो लाग्यो- मिनेन्द्रलाई रक्षा, कानूनमा दिलेन्द्र – Nepal Press

कांग्रेसबाट थपिने मन्त्रीको टुंगो लाग्यो- मिनेन्द्रलाई रक्षा, कानूनमा दिलेन्द्र

काठमाडौं । नेपाली कांग्रेसबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंगो लागेको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आज कांग्रेसका ४ नयाँ मन्त्री थप्दैछन् । देउवानिकट स्रोतका अनुसार आज डा. मिनेन्द्र रिजालले रक्षा, दिलेन्द्रप्रसाद बडुले कानून, उमा रेग्मीले महिला तथा उमाकान्त चौधरीले खानेपानी मन्त्रीका रूपमा सपथ लिनेछन् ।

कानूनमन्त्रालयको जिम्मेवारी सम्हालिरहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई संचारमन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर