डिज्नेद्वारा आठ फिल्मको नेपाल-भारत रिलिज डेट घोषणा : ‘इटर्नल्स’देखि ‘अवतार २’ सम्म – Nepal Press

डिज्नेद्वारा आठ फिल्मको नेपाल-भारत रिलिज डेट घोषणा : ‘इटर्नल्स’देखि ‘अवतार २’ सम्म

काठमाडौं । हलिउड स्टुडियो डिज्नेले आठ प्रतीक्षित फिल्मको भारतीय प्रदर्शन मिति घोषणा गरेको छ । भारतसँगै नेपालको प्रदर्शन मिति पनि एउटै हुने भएकाले नेपालका लागि पनि यो रिलिज क्यालेन्डरको खास अर्थ रहन्छ ।

सन् २०२१/२०२२ को प्रदर्शन मितिमा निकै प्रतीक्षा गरिएको ‘अवतार २’ समेत छ । नेपालमा डिज्नेको आधिकारिक वितरक नभएकाले कुन कम्पनीले यी फिल्मको प्रदर्शन अधिकार प्राप्त गर्नेछ भन्ने टुंगो लागिसकेको छैन ।

यद्यपी, एप्पल इन्टरटेनमेन्ट र गोपिकृष्ण मूभिज नेपालमा हलिउडका ठूला वितरक हुन् । डिज्नेले घोषणा गरेका फिल्महरुको रिलिज सूची यस्तो छ :

इटर्नल्स- नोभेम्बर ५, २०२१
डक्टर स्ट्रेन्ज : मल्टिभर्स अफ म्याडनेस- मार्च २५, २०२२
थोर : लभ एन्ड थोर- मे ६, २०२२
लाइटइयर : जुन १७, २०२२
ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर- जुलाई ८, २०२२
ब्लेड- अक्टोबर ७, २०२२
द मार्भल्स- नोभेम्बर ११, २०२२
अवतार २- डिसेम्बर १६, २०२२

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *