नम्रताको प्रश्न : फिल्म क्षेत्रमा किन हल्लाखल्ला ? किन मै ठूलो भन्ने घमण्ड ? – Nepal Press

नम्रताको प्रश्न : फिल्म क्षेत्रमा किन हल्लाखल्ला ? किन मै ठूलो भन्ने घमण्ड ?

काठमाडौं । महानायक र महानायिका विवादलाई लिएर अहिले फिल्म उद्योग चर्चामा छ । आफू निर्देशित फिल्म ‘डाँडाको बरपीपल’मा महानायक विवाद झिकेका शोभित बस्नेतले एक टिभी कार्यक्रममा बिहीवार राजेश हमाललाई भेटेर उनी नै महानायक भएको बताएका छन् ।

यो विवाद बेमौसमी भएको बताउँदै फिल्म क्षेत्रका अन्य कलाकार चाहिँ आक्रोशित छन् । कोरोनाले थलिएको फिल्म क्षेत्रलाई चलायमान बनाउनुको सट्टा महानायकको बखेडा झिकिएको उनीहरुको आरोप छ ।
महानायक विवाद चलिरहँदा यो हल्लीखल्लीतर्फ लक्षित गर्दै अभिनेत्री नम्रता सापकोटाले एकअर्कालाई किन सम्मान नगरेको र घमण्ड गरेको भन्दै फिल्मकर्मीलाई प्रश्न गरेकी छिन् । पब्लिक सामु आफ्नो इज्जतको ख्याल गर्न पनि नम्रताले सुझाएकी छिन् ।

उनले नामै लिएर फेसबुकमा नाम नलेखेपनि उनको अभिव्यक्ति कोतर्फ लक्षित छ भन्ने कुरा बुझ्न कठिन छैन । फिल्म क्षेत्रमा कसैले कसैलाई नबनाएको टिप्पणी गर्दै मनपरी बोल्न छूट समेत नभएको उल्लेख गरेकी छिन् । ‘अझै कति हामी हाँसोको पात्र बन्ने’ उनले प्रश्न गरेकी छिन् । सबैजना मिडिया पर्सनालिटी परिवार, फिल्म क्षेत्र र दर्शकको कारणले भएको नबिर्सन पनि उनले आग्रह गरेकी छिन् ।

नम्रता यसअघि नेपोटिज्म र यसपटक विहे नगरीकनै बच्चा पाउने मन छ जस्ता अभिव्यक्ति दिएर विवादमा मुछिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर