नेकपा एसको हाइकमाण्ड गठन, अध्यक्षको नेतृत्वमा ११ जनाको सचिवालय (सूचीसहित) – Nepal Press

नेकपा एसको हाइकमाण्ड गठन, अध्यक्षको नेतृत्वमा ११ जनाको सचिवालय (सूचीसहित)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारी र स्थायी कमिटीको संख्या धेरै भएकाले उपल्लो संरचनाका रूपमा ११ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ ।

नेकपा एमालेको विधान महाधिवेशनले पार्टीमा अध्यक्षको नेतृत्वमा पदाधिकारीहरू रहेको सचिवालय संरचना रहने विधान पारित गरेलगत्तै नेकपा एसले पनि सोही संरचनाको अभ्यास थालेको छ ।

स्थायी कमिटीको विहीबार रातिसम्म बसेको बैठकले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा ११ सदस्यीय सचिवालय र महासचिव बेदुराम भुसालको नेतृत्वमा केन्द्रीय कार्यालय गठन गरेको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एसको तर्फबाट तत्काल कुनै निर्णय लिने जिम्मेवारी अब सचिवालयले पाएको छ । सचिवालयले नै मन्त्री छनौट गरेको छ । विगतमा नेकपाले गरेको सचिवालयको अभ्यास नेकपा एसले पनि गरेको हो ।

सचिवालयमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र मुकुन्द न्यौपाने छन् । त्यस्तै उपाध्यक्षमध्ये राजेन्द्र पाण्डे, प्रमेश हमाल र जयन्ती राई सचिवालयमा समेटिएका छन् ।

यीबाहेक महासचिव बेदुराम भुसाल र उपमहासचिवहरू जगन्नाथ खतिवडा, विजय पौडेल, प्रकाश ज्वाला र गंगालाल तुलाधर केन्द्रीय सचिवालयमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर