चैत्यदेवीदेखि साम्राज्ञीसम्म : नौ जना अभिनेत्रीलाई नवदुर्गा सम्मान प्रदान – Nepal Press

चैत्यदेवीदेखि साम्राज्ञीसम्म : नौ जना अभिनेत्रीलाई नवदुर्गा सम्मान प्रदान

काठमाडौं । चलचित्रमा पुर्‍याएको योगदानको कदर गर्दै नौ जना अभिनेत्रीलाई कलाकारलाई ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान’ बाट सम्मान गरिएको छ ।

रेजिना इन्टरटेनमेन्ट प्राली र शहीद फिल्मस प्रालीले आयोजना गरेको कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वरिष्ठ अभिनेत्री चैत्यदेवी सिंह, लक्ष्मी गिरी, मौसमी मल्ल र शर्मिला मल्ललाई सम्मान प्रदान गरिन् ।

मन्त्री भुसालले अभिनेत्री केकी अधिकारी, सुरक्षा पन्त, निता ढुङ्गाना, साम्राज्ञी शाह र उपासनासिंह ठकुरीलाई पनि सम्मान गरिन् । सोही अवसरमा मन्त्री भुसालले समावेशिताका कारण राज्यका सबै क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको बताइन् ।

राज्यका हरेक संरचनासहित अन्य क्षेत्रको नेतृत्व तहमा महिलालाई पुर्‍याउनका निम्ति भएका ऐन/कानुनको कार्यान्वयन गर्न सकारात्मक दबाब दिनुपर्नेमा उनको जोड थियो ।

मन्त्री भुसालले नेपाली चलचित्र क्षेत्रमा देखिएका समस्या समाधान गर्न सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त समेत गरिन् । चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोनाका कारण बन्दाबन्दी भएर चलचित्र हल बन्द हुँदा पनि राज्यले त्यतिबेलाको बिजुलीको बिल तिर्नुपरेको गुनासो गर्दै त्यसलाई छुट गर्नुपर्ने माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर