शाहरुखका छोरा आर्यनलाई थप १४ दिन न्यायिक हिरासतमा पठाइयो – Nepal Press

शाहरुखका छोरा आर्यनलाई थप १४ दिन न्यायिक हिरासतमा पठाइयो

धरौटीबारे आज सुनुवाइ हुँदै

मुम्बइ । लागूऔषध मुद्दामा पक्राउ परेका बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यनसहित अन्य ६ जनालाई थप १४ दिन न्यायिक हिरासतमा राख्न मुम्बइ अदालतले अनुमति दिएको छ ।

बिहिबार अदालतले न्यायिक हिरासतमै राखेर आर्यनसहित ड्रग्स केसमा पक्राउ परेका अन्यलाई छानविन गर्न अनुमति दिएको भारतीय संचारमाध्यमले जनाएका छन् ।

शुक्रबार अपरान्ह अदालतले धरौटीका लागि आर्यनले गरेको अपिलबारे सुनुवाइ गर्नेछ । नार्कोटिक्स कन्ट्रोल ब्यूरोले यो मामिलामा अन्यलाई पक्राउ गरिरहेको छ र यसबारे अनुसन्धान भैरहेको जनाएको छ ।

ब्यूरोले अक्टोबर ३ मा एक पानीजहाजमा भैरहेको ड्रग्स पार्टीबाट आर्यनसहित अन्यलाई पनि पक्राउ गरेको थियो । यो घटनामा मुम्बई नार्कोटिक्स ब्यूरोले केही विदेशीलाई पनि पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *