मन्त्री कमिटीले छान्ने भनेर नथाक्ने माधव नेपाल आफैंले अधिकार लिए : शंकर पोखरेल – Nepal Press

मन्त्री कमिटीले छान्ने भनेर नथाक्ने माधव नेपाल आफैंले अधिकार लिए : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरेलले नेकपा एसले मन्त्री छान्ने अधिकार माधवकुमार नेपाललाई दिएकोप्रति टिप्पणी गरेका छन् ।

आज बसेको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठकले सरकारमा पठाउने प्रतिनिधिको नाम टुंग्याउने जिम्मा माधव नेपाललाई दिएको थियो ।

एमाले नेता पोखरेलले सामाजिक सञ्जालमा एमालेमा केपी ओलीलाई जिम्मेवारी दिँदा मन्त्री छान्ने अधिकार कमिटीको हो भनी नथाक्ने माधव नेपाल आफू अध्यक्ष भएपछि त्यो अधिकार आफैंसँग राखेको भन्दै टिप्पणी गरेका हुन् ।

मन्त्रिपरिषद् विस्तार, मन्त्रालय बाँडफाँटको विषयमा छलफल गर्न बालुवाटारमा अहिले सत्तारुढ गठबन्धनको बैठक जारी छ ।


प्रतिक्रिया

One thought on “मन्त्री कमिटीले छान्ने भनेर नथाक्ने माधव नेपाल आफैंले अधिकार लिए : शंकर पोखरेल

  1. आफ्नो पद र हैसियत जोगाउन नसक्नेले कति अरुको बारेमा खोक्छौ / तिमीले टेकेको धर्ति (एमाले पार्टी) कुनैबेला माधवकुमारले नबचाएको भए अहिले तिमीहरुको दलीय हैसियत माओवादी जस्तै छिन्नभिन्न हुन्थ्यो / एकदिन मात्रै भएपनि एमालेमा माधवकुमारको योगदानको चर्चा गरेर धन्यवाद दिने हिम्मत गर न ? अनि माधवकुमार टिमले पनि केपी टिमको सकारात्मक कुरा गर्न सिक न ? अब त बाटो फरक भएसी पनि कतिदिन चाकरी र खुराफाती मात्रै ? अनि जुहारी ? पछिल्लो पिढीलाइ दिने राजनीतिक सस्कार यहि हो त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर