भानुभक्तलाई स्वागत गर्दै नेपालले भने- अब ओली सम्पूर्णरूपमा च्युत भइसकेको हेर्न बाँकी छ (भिडिओ) – Nepal Press

भानुभक्तलाई स्वागत गर्दै नेपालले भने- अब ओली सम्पूर्णरूपमा च्युत भइसकेको हेर्न बाँकी छ (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली सम्पूर्णरूपमा च्युत भएको हेर्न बाँकी रहेको टिप्पणी गरेका छन् । विहीबार एमाले केन्द्रीय सदस्यबाट राजीनामा दिएर आएका भानुभक्त जोशीलाई पार्टीमा स्वागत गर्दै उनले ओली सुध्रिदैनन् भन्ने निष्कर्ष आफूहरूले पहिले नै निकालेको बताए।

‘एमालेको भ्रममा बसिरहेकाहरूको त्यो पंतिमा सत्यतथ्य जानकारी गराउनुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘केपी ओली किन कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेका भन्ने बुझाउनुपर्ने छ। अब उनी सम्पूर्णरूपमा च्युत भइसकेको दिन हेर्नमात्रै बाँकी छ । हामी पहिलेदेखि ने यो निष्कर्षमा पुगिरहेकै थियौं- केपी ओलीलाई सुधार्न सकिँदैन ।’

ओलीमा चरम व्यक्तिवाद विद्यमान रहेको आरोप लगाउँदै वैचारिक विचलन पनि आएको टिप्पणी गरे । ‘उनमा निरंकुश शैली विद्यमान रहेको र सबै हिसाबले वैचारिक विचलनको दिसामा अगाडि बढीसकेका छन्,’ नेपालले भने, ‘राष्ट्रियताको मामिलामा आत्मसर्मपणको नीति अख्यितार गरेको र समाजवादको ध्येय र उदेश्यलाई बिर्सेर यथास्थितिमा रहन थालेका छन् ।’

यही कारणले आफूहरूले अन्तरसंघर्ष गरेको र त्यो सामना गर्ने आँट ओलीले नदेखाएको आरोप नेपालको छ । उनले भने, ‘अन्तरसंघर्षको सामाना गर्ने आँट केपी ओलीमा भएन । केन्द्रीय कमिटी नै विघटन गर्न पुगे । अनि आफूसँग असहमत भएकाहरूसँग पार्टीबाटै निस्कासन गर्ने तहमा पुगे । र, सिंगो पार्टी नै आफ्नो कब्जामा राख्न पुगे । त्यहाँ सामूहिकता, छलफल र परामर्श नामको कुनै चिज छैन ।’


प्रतिक्रिया

One thought on “भानुभक्तलाई स्वागत गर्दै नेपालले भने- अब ओली सम्पूर्णरूपमा च्युत भइसकेको हेर्न बाँकी छ (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर