ईपीएल: क्वालिफायरमा भैरहवाविरुद्ध पोखराले टस जितेर फिल्डिङ रोज्यो – Nepal Press

ईपीएल: क्वालिफायरमा भैरहवाविरुद्ध पोखराले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)को दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडिएटर्सविरुद्ध पोखरा राइनोजले टस जितेर फिल्डिङ रोजेको छ । त्रिवि क्रिकेट मैदानमा १२ः १५ बजे सुरु हुने खेलका लागि पोखराका कप्तान विनोद भण्डारीले भैरहवालाई ब्याटिङको निम्तो दिएका हुन् ।

भैरहवा काठमाडौंलाई इलिमिनेटरमा पराजित गर्दै दोस्रो क्वालिफायरमा आइपुगेको हो । अर्कातिर पोखरा भने पहिलो क्वालिफायरमा चितवनसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा भैरहवासँगको भेट निश्चित गरेको हो ।

समूह चरणमा यी दुईबीच भएको खेल वर्षाका कारण पूरा हुन सकेको थिएन । त्यो खेलमा टस जितेर ब्याटिङ रोजेको पोखराले १०.१ ओभरको खेल सकिँदा ७ विकेट गुमाएर ६५ रन बनाएको थियो । यद्यपि, वर्षाका कारण त्यो खेल रद्द भएर दुवै टोलीले अंक बाँडेका थिए ।

आजको खेलमा जित हासिल गर्ने टोलीले शनिबार हुने फाइनलमा चितवन टाइगर्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

आज हुने खेलमा पोखराले दुई परिवर्तन गरेको छ । विपिन रावल र रित गौतम टोलीमा फर्कँदा सुनिल धमला र सुशन भारी बाहिरिएका छन् । भैरहवाले कृष्ण कार्कीको र तमिम इकबल स्थानमा भुवन कार्की र सार्विन मुनिआन्डी लाई खेलाएको छ ।

आजको विजेता टोलीले फाइनलमा शनिबार चितवनसँग भिड्नेछ ।

पोखराको प्लेइङ् ११: रिचार्ड लेभी, विनेद भण्डारी, विपिन रावल, विक्रम शोव, लोकेस बहादुर बम, रित गौतम, विवेक कुमार यादव, किशोर महत्तो, नन्दन यादव, साहन आराचिगे, असेला गुनरत्ने

भैरहवाको प्लेइङ् ११: सरद भेशवाकर, रोहित कुमार पौडेल, आरिफ सेख, कुशल मल्ल, अविनास बोहरा, प्रदिप ऐरी, उपुल थरंगा, धमिका प्रसाद, भुवन कार्की, दुर्गेश गुप्ता, सार्विन मुनिआन्डीलाई खेलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *