निर्माणाधीन घरको चौथो तलाबाट हाम्फालेर नेवानीका पूर्वअध्यक्ष चतुर्वेदीको मृत्यु


काठमाडौं । नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला परेका छन् । निर्माणधीन घरको चौथो तलाबाट हामफाल्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ ।
चतुर्वेदी काठमाडौंको भत्केको पुल नजिकै बुलबुलेस्थित गौतम अग्रवालको निर्माणाधीन घरको चौथो तलाबाट बिहीबार बिहान ९ बजे खसेका थिए ।
उनले आत्महत्या गरेको हुनसक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले नेपालप्रेसलाई बताए ।
उनले भने, ‘त्यहाँ घरनजिकैको सिसी क्यामेराबाट हेर्दा उहाँ आफै हाम्फालेको देखिन्छ । स्थानीयहरुसँग बुझदा पनि उनी आफै जानजान त्यहाँ खसेको हामीलाई बताएका छन् ।’
चतुर्वेदीकोको शव पोर्टमार्टका लागि टिचिङ अस्पताल लगिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।