परराष्ट्रमन्त्री-भारतीय राजदूत भेट : भारतबाट अर्कोसाता १० लाख डोज कोभिसिल्ड खोप आउने – Nepal Press

परराष्ट्रमन्त्री-भारतीय राजदूत भेट : भारतबाट अर्कोसाता १० लाख डोज कोभिसिल्ड खोप आउने

काठमाडौं । भारतले नेपाललाई १० लाख डोज कोभिसिल्ड खोप अर्को साता आपूर्ति गरिदिने भएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्कासँग आज परराष्ट्रमन्त्रालय सिंहदरबारमा भएको भेटमा भारतीय राजदूत विनयमोहन क्वात्राले खोप आपूर्तिबारे जानकारी दिएका हुन् ।

नेपालले उक्त परिमाणको खोपको अग्रिम भुक्तानी गरेपनि समयमै पाउन सकेको थिएन । तर, अक्टोबरदेखि भारतले विदेशसहित कोभ्याक्स संयन्त्रमा खोप निर्यात सुरु गरेको हो ।

खोप आपूर्तिसहित नेपाल र भारतका द्धिपक्षीय हितबारे पनि छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रसंघीय महासभामा भाग लिएर नेपाल फर्किएका परराष्ट्रमन्त्रीसँग यसअघि अमेरिका, चीन, युरोप लगायत मुलुकका राजदूतले पनि भेटवार्ता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर