ईपीएल : इलिमिनेटरमा काठमाडौंविरुद्ध भैरहवाले टस जितेर ब्याटिङ रोज्यो – Nepal Press

ईपीएल : इलिमिनेटरमा काठमाडौंविरुद्ध भैरहवाले टस जितेर ब्याटिङ रोज्यो

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को इलिमिनेटरमा भैरहवा ग्लाडिएटर्सले काठमाडौं किङ्ग्स-११ विरुद्ध टस जितेर ब्याटिङ रोजेको छ ।

त्रिवि क्रिकेट मैदानमा १ : ३० बजे सुरू हुने खेलमा भैरहवाका कप्तान शरद भेसावकरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । भैरहवा लिग चरणबाट तेस्रो तथा काठमाडौं चौथो हुँदै इलिमिनेटरमा आइपुगेका हुन् ।

यो खेलको विजेताले पहिलो क्वालिफायरको पराजित टोली पोखरा राइनोजसँग भोलि फाइनल प्रवेशका लागि खेल्नेछ । बुधबार भएको पहिलो क्वालिफायरमा पोखरालाई ९ विकेटले पराजित गर्दै चितवन टाइगर्स फाइनलमा पुगिसेकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *