जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत सव–इन्जिनियर दुई लाख रकमसहित पक्राउ – Nepal Press

जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयमा कार्यरत सव–इन्जिनियर दुई लाख रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय काठमाडौंमा कार्यरत सव–इन्जिनियर दिपेन्द्रकुमार केसीलाई दुई लाख घुससहित पक्राउ गरेको छ । कलभर्ट निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम काम सम्पन्न गरेर अन्तिम बिल भुक्तानी दिने क्रममा सेवाग्राहीसँग २ लाख घुस लिएको सूचना तथा उजुरीका आधारमा खटिएको आयोगले टोलीले पक्राउ गरेको हो ।

केसीलाई सेवाग्राहीबाट लिइसकेको अवस्थामा घुस रकमसहित कार्यालय परिसरबाट नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता समेत रहेका सचिव नारायणप्रसाद रिसालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *