प्रधानमन्त्री देउवाद्वारा नवनियुक्त जापानी प्रधानमन्त्री किसिदालाई बधाई – Nepal Press

प्रधानमन्त्री देउवाद्वारा नवनियुक्त जापानी प्रधानमन्त्री किसिदालाई बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जापानका नवनियुक्त प्रधानमन्त्री फुमिओ किसिदालाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफू उनीसँग काम गर्न र नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउनका लागि तत्पर रहेको उल्लेख गरेका छन् ।

किसिदा सोमबार जापानको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर