बाघको आक्रमणबाट चितवनमा एकको मृत्यु

२०७८ असोज १९ गते १७:५९

चितवन । पूर्वी चितवनमा बाघको आक्रमणमा परि १ जनाको ज्यान गएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका १३ का २५ वर्षिय दिनेश बोटेको ज्यान गएको हो ।
कुमरोज सामुदायिक वनमा साथीहरुसँग घाँस दाउरा काट्न गएका उनलाई दिउँसो १ बजेतिर बाघले आक्रमण गरेको हो । बाघले आक्रमण गरे लगत्तै उनका साथीहरु भागेर ज्यान जोगाएका थिए ।
बोटेको शव दिउँसो साढे २ बजेतिर फेला परेको थियो । क्षतविक्षत अवस्थामा शव झाडीमा फेला परेको थियो । ८ वटा हात्ती, नेपाली सेनाको टोलीले शव फेला पारेको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर