नेकपा एसलाई रक्षासहित ५ मन्त्रालय, २१ गते सपथ (सूचीसहित) – Nepal Press

नेकपा एसलाई रक्षासहित ५ मन्त्रालय, २१ गते सपथ (सूचीसहित)

काठमाडौं । सत्ता साझेदार नेकपा एसले रक्षासहित ५ मन्त्रालय पाउने भएको छ ।

नेकपा एसका एक केन्द्रीय सदस्यले एकीकृत समाजवादीले रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने भएको छ ।

नेकपा एसबाट विरोध खतिवडाको नेतृत्वमा प्रेम आलेमगर ,रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी,र भवानी खापुङ मन्त्री बन्ने बताइएको छ। नेकपा एसले एक राज्य मन्त्री पनि पाउने बताइएको छ । किसान श्रेष्ठको नाम पनि चर्चामा छ ।

यसैबीच नेकपा एसका केन्द्रीय सदस्य मेटमणि चौधरीले २१ गते मन्त्रिपरिषद् विस्तार हुने र सबैले एकैपटक सपथ लिने बताए ।


प्रतिक्रिया

One thought on “नेकपा एसलाई रक्षासहित ५ मन्त्रालय, २१ गते सपथ (सूचीसहित)

  1. हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर