दलित आयोगको प्रतिवेदन प्रतिनिधिसभामा, असोज २२ सम्म बैठक स्थगित – Nepal Press

दलित आयोगको प्रतिवेदन प्रतिनिधिसभामा, असोज २२ सम्म बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन पेश भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन सदनमा पेश गरेका हुन् । त्यसबाहेक बैठक कुनै कार्यसूचीमा प्रवेश गरेन ।

सभामुख अग्निप्रसाद सापकोटाले संसदको गतिरोध अन्त्य गर्न केहीबेर एमाले सांसदहरुलाई आग्रह गरेका थिए । अवरोध जारी रहेपछि सभामुख सापकोटाले असोज २२ गते शुक्रबार बस्नेगरी बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर