ईपीएल: भैरहवासँग अंक बाँड्दै काठमाडौं प्लेअफमा, साविक विजेता ललितपुर बाहिरियो – Nepal Press

ईपीएल: भैरहवासँग अंक बाँड्दै काठमाडौं प्लेअफमा, साविक विजेता ललितपुर बाहिरियो

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा भैरहवा ग्लडिएटर्स र काठमाडौं किङ्स-११ बीच मंगलबार बिहान तय भएको खेल स्थगित भएको छ । हिजो भएको भारी वर्षाका कारण मैदान चिसो भएकाले आज खेल हुन सक्दा दुवै टोलीले अंक बाँडेका हुन् ।

अंक बाँडेसँगै काठमाडौं प्ले अफमा पुगेको छ भने साविक विजेता ललितपुर प्याट्रिओट्स पहिलो चरणबाटै बाहिरिएको छ ।

भैरहवा यस अघिनै प्ले अफमा पुगिसकेको छ । तर, भैरहवासँग १-१ अंक बाँडेपछि नेट रनरेटका आधारमा काठमाडौंले प्लेअफमा स्थान बनाएको हो । यससँगै विराटनगर वारियर्स र सविक विजेता ललितपुर प्रतियोगिताबाट बाहिरिएका छन् बाँकी ४ टोलीले प्लेअफ खेल्नेछन् ।

बुधबार देखि प्ले अफका खेलहरु हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *