सिटिजन्स बैंकका ग्राहकलाई र लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरको छुट – Nepal Press

सिटिजन्स बैंकका ग्राहकलाई र लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरको छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुतलीसडक, काठमाण्डौंस्थित लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालीबीच सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवै कर्मचारीले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयर प्रालीको सेवाहरूमा विषेश छुट पाउने भएका छन् ।

डेबिट कार्ड नभएका ग्राहकहरूको लागि घरमै बसी निः शुल्क मोबाइल बैंकिङमार्फत आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ । बैंकका अनुसार मोबाइल बैंकिङमार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बील भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बील भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सकिनेछ ।

सिटिजन्स बैंकले १८३ शाखा, १२१ एटीएम र १११ वटा शाखारहित बैंकिङ एकाइबाट करिब साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *