सचिव बढुवाका लागि सहसचिव पन्थको नाम सिफारिस – Nepal Press

सचिव बढुवाका लागि सहसचिव पन्थको नाम सिफारिस

काठमाडौं । एक रिक्त रहेको सचिवमा बढुवाका लागि सहसचिव रविलाल पन्थको नाम सिफारिस भएको छ । सोमबार साँझ सिंहदरबारमा लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले जेष्ठताको आधारमा रबिलाल पन्थको नाम सिफारिस गरेको हो ।

पन्थको नाम यस अघि २ पटक बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस भइसकेको छ । कार्यसम्पादन तथा मुल्यांकनका आधारमा तीन सहसचिवको नाम बढुवाका लागि मन्त्रिपरिषद् बैठकमा सिफारिस हुने गरेको भए पनि जेष्ठताको आधारमा भने पन्थको नाम मात्र सिफारिस भएको हो ।

निजामती सेवा ऐन अनुसार कार्यसम्पादन मूल्याङ्कन ८० प्रतिशतका आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि तीन जना सहसचिव र पाँचौँ पटक ज्येष्ठता २० प्रतिशतबाट एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले उनलाई सहसचिवबाट सचिवमा बढुवा गर्नेछ ।

पन्थ अहिले लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सचिवका जिम्मेवारीमा छन् । बढुवा भएपछि सम्भवत उनलाई कुनै पनि प्रदेश सरकारको प्रमुख सचिवको जिम्मेवारी दिइने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *