परिसंघमा कृषि विकास परिषद् गठन, अध्यक्षमा दुगड – Nepal Press

परिसंघमा कृषि विकास परिषद् गठन, अध्यक्षमा दुगड

काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गत कृषि विकास परिषद् गठन भएको छ । परिसंघका राष्ट्रिय परिषद् सदस्य विकासकुमार दुगडको नेतृत्वमा परिषद् गठन भएको हो । परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी कोअर्डिनेटिङ उपाध्यक्ष छन् ।

परिषद्ले नेपालमा कृषि क्षेत्रको विकासका लागि आवश्यक नीतिगत व्यवस्थाका लागि सरोकारवाला निकायसँग समन्वय गरी कार्य अघि बढाउने बताइएको छ । साथै, कृषि क्षेत्रको विकास तथा कृषकको जीवनस्तर सुधारका लागि आवश्यक पर्ने प्राविधिक सहयोगको लागि पैरवी गर्ने उद्देश्यले गठन गरिएको यस परिषदले नेपाली कृषि उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा पुर्‍याउन सहजीकरण गर्नेछ ।

पहिलो चरणमा नमूना स्वरूप एउटा गाउँपालिकाको पहिचान गरी त्यहाँको माटोमा उत्पादन गर्न सकिने बाली पहिचान गर्ने र उन्नतस्तरको बीउबिजन कृषकहरूलाई उपलब्ध गराउने योजना परिषदको रहेको छ ।

परिषदको सदस्यहरूमा पवन कुमार गोल्यान, प्रेम लामा, डा. दिल्ली राम शर्मा, सागर गौतम, राशी संघाई र सतिश श्रेष्ठ छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *