घुस लिएर नागरिकता प्रतिलिपि दिने धनुषा प्रशासनका नासुविरुद्ध मुद्दा दायर – Nepal Press

घुस लिएर नागरिकता प्रतिलिपि दिने धनुषा प्रशासनका नासुविरुद्ध मुद्दा दायर

काठमाडौं । नागरिकता प्रतिलिपि दिँदा घुस लिएको आरोपमा जिल्ला प्रशासन कार्यालय धनुषाका नायब सुब्बा उमेशकुमार चौधरीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ ।

गत भदौ २२ गते साढे ८ हजार घुससहित पक्राउ परेका चौधरीलाई अनुसन्धानको क्रममा भ्रष्टाचार भएको ठहरसहित मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।

नासु चौधरीले जन्ममिति सच्याइ नागरिकता प्रतिलिपि बनाउने गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *