परराष्ट्रमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

२०७८ असोज १८ गते १३:२६

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्का र अमेरिकी राजदूत र्यान्डी बेरीबीच आज परराष्ट्र मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको छ ।
वार्तामा दुई मुलुकबीचको द्धिपक्षीय र बहुपक्षीय सहायता विस्तारबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्री खड्काले कोभिड-१९ महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको सहयोगप्रति धन्यवाद दिएका थिए ।
प्रतिक्रिया
सम्बन्धित खवर