ताप्लेजुङ कांग्रेसको सभापतिमा संस्थापन पक्षका गजेन्द्र निर्वाचित – Nepal Press

ताप्लेजुङ कांग्रेसको सभापतिमा संस्थापन पक्षका गजेन्द्र निर्वाचित

ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङको सभापतिमा गजेन्द्र तुम्याहाङ निर्वाचित भएका छन् । उनी संस्थापन पक्षका हुन् ।

तुम्याहाङले पूर्वजिल्ला सचिव छविलाल गुरुङलाई सभापतिमा पराजित गरेका हुन् । अधिवेशनबाट उपसभापतिमा गणेश चोङवाङ र डिल्लीरमण बराल, सचिवमा डम्बर हाङ्गाम र नन्दकुमार ओझा निर्वाचित भएका छन् ।

सह-सचिवमा तेज सुनुवार र नन्दकुमार आङबुहाङ निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर