माल्दिभ्समा नेपाली टिमको रणनीति बुझ्न श्रीलंकाको ‘जासुसी’ ! – Nepal Press

माल्दिभ्समा नेपाली टिमको रणनीति बुझ्न श्रीलंकाको ‘जासुसी’ !

माले (माल्दिभ्स) । साफ च्याम्पियनसीपको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई उसैको घरमा १-० गोलले पराजित गरेपछि नेपाली टोलीको रणनीति बुझ्न श्रीलंकाले जासुसी गरेको छ । आइतबार अभ्यासका लागि मेरीब्राउन नजिकै फुटबल मैदानमा साँझ नेपाली टोली पुग्दा जासुसी भएको हो ।

आयोजक माल्दिभ्सले नेपाली टोलीको अभ्यासका लागि साँझ ७ बजेको समय मिलाएको थियो । तर, नेपाली टोली मैदान पुग्नुअघि नै श्रीलंकाका केही पदाधिकारीले अभ्यासको भिडियो खिच्न थालेका थिए । यसपछि प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीलाई ‘स्ट्रेचिङ’ मात्र गराए । नेपाली टोलीले ४० मिनेट मात्र मैदानमा बिताएको थियो।

नेपालले प्रतियोगिताको दोस्रो खेल भोली श्रीलंकाविरूद्ध खेल्दैछ । घरेलु माल्दिभ्सलाई उसैको मैदानमा नेपालले हराएपछि अहिले यहाँ नेपालको खेल शैलीको तारिफ भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर