विद्यालयका अध्यक्षले प्रधानध्यापकलाई गाउँपालिका अध्यक्षको कार्यकक्षमा पानीको बोतलले हाने
कारवाहीको माग गर्दै विरोध


दैलेख । जिल्ला समन्वय समितिका सदस्य नन्द खड्काले ज्वाला उच्च मावि बेस्तडाका प्रधानाध्यापक एवं शिक्षक महासंघका कर्णाली प्रदेश अध्यक्ष देवेन्द्रराज अधिकारीमाथि अभद्र व्यवहारगरेका छन् । भगवतीमाई गाउँपालिकाका अध्यक्षको कार्यकक्षमा बोलाई आफूलाई हातपात गरिएको प्रअ अधिकारीले बताए ।
बेस्तडा उच्च माविका अध्यक्षसमेत रहेका नन्द खड्काले अपमानजनक व्यवहार गर्नुका साथै पानीको बोतलले समेत हिर्काएको उनको भनाइ छ ।
‘विद्यालयको विषयमा कुरा गर्नु छ भन्दै मलाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाको कार्यकक्षमा बोलाइयो र म गएँ,’ अधिकारीले भने, ‘कुरा गर्दागर्दै एक्कासी ममाथि आक्रोश पोख्दै गालीगलौज गर्दै अध्यक्षको टेबुलमा राखिएको पानीको बोतले हाने ।’
अधिकारीका अनुसार विद्यालयको ८ कोठे भवन र विद्यालयमा सामाजिक परीक्षण गर्ने विषयमा कुरा भइरहेको थियो । भवनको अझै फरकफारक हुन नसकेको, विद्यालय व्यवस्थापन समितिको अध्यक्षको पद सकिएको दुई वर्ष भइसकेको, विद्यालयको शैक्षिक सुधारका विषयमा विद्यालय व्यवस्थापन समिति तत्काल नयाँ गठन गर्नुपर्ने, भवनको प्रभावकारीताका बारेमा जनप्रतिनिधिहिरुले ख्याल गर्नुपर्ने लगायत विषयमा कुरा भएका थिए । त्यसक्रममा खड्का एक्कासी आक्रोशित बनेको उनले बताए । आफूमाथि राजनीति पूर्वाग्रह साँधेर नचाहिँदा आरोप लगाइएको उनको गुनासो छ ।
गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले विद्यालयको शैक्षिक सुधारका बारेमा शिक्षा समितिमा छलफल भएको र सोही अनुसार सामाजिक परीक्षण गर्ने विषयमा कुरा हुँदै गर्दा आपसमा भनाभन भएको बताए । त्यही क्रममा खड्काले अधिकारीलाई पानीको बोतले हिर्काएको र पुनः अर्को बोतल हिर्काउँदा आफूले खोसेको उनले जानकारी दिए ।
शिक्षक माथि जनप्रतिनिधिले गरेको अभद्र व्यवहारलाई लिएर शिक्षक संघ-संगठनहरुले आपत्ति जनाएका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बनेका नन्द खड्का जिल्ला समन्वय समितिको सदस्य भएपछि उनले स्वतः अध्यक्ष पद छोड्नुपर्ने कानुनी प्रावधान छ । अध्यक्ष पद छोडेपछि नयाँ अध्यक्ष चयन गर्नुपर्ने थियो, तर खड्काले बलमिचाइँ गरेर विगत दुई वर्षदेखि अध्यक्ष पद छोडेका छैनन् । उनले नछाड्दा तत्कालीन समयमा निर्माण गरिएको विद्यालयको कामको फरफारक हुन सकेको छैन भने विद्यालयका अन्य शैक्षिक गतिविधिहरुमा पनि समस्या भएको छ ।
शिक्षकहरुले यस्ता विषयहरू उठाउँदा खड्काले अपमान गर्दै प्रअ नै हटाइदिने धम्की दिँदै आएको शिक्षकहरुको गुनासो छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षका कारणले फरफारक नहुने भन्ने कुरा गलत हो, यो विद्यालय प्रशासनले गर्ने काम हो । बिल भरपाई उठाउने र प्रमाणित गर्ने काम अध्यक्षले होइन, प्रधानाध्यापकले हो । अध्यक्षले नगद जिम्मामा लिएर काम गरेको भए घरखेत बेचेर अशुल्न पनि प्रधानाध्यापककै हो ।
प्रधानाध्यापक विद्यालयको प्रशासनिक व्यवस्था मात्र सुधार गरे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेइमानी गर्न सक्ने सम्भावना धेरै कम हुन्छ । जहाँसम्म जनप्रतिनिधि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन नपाउने कुरा यो समाचार उल्लेख छ, प्रधानाध्यापकको मन गढन्ते व्याख्या हो । नयाँ अध्यक्ष चयन नहुँदासम्म वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्षको जिम्मेवारी हुने कानूनले उल्लेख गरेबाट प्रष्ट छ ।
समग्रमा दुव्र्यवहार गर्नु उहाँको गल्ती हो, मुद्दा दिए लाग्छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थुनिनु हुन्छ, थुन्नुपर्छ । तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माथि सबै दोष थुपारेर विद्यालयका प्रधानाध्यापक आफू निर्दोष बन्न सक्दैनन् । यो पानी माथिको ओभानो बन्ने कोशिस मात्र हो, जनप्रतिनिधि साह्रै गए गुर्जेका र शिक्षक वा कर्मचारी दुधले नुहाएका भन्नेमा सहमती जनाउन सकिन्न ।
एउटा जिम्मेवार शिक्षक , नेपाल शिक्षक महासंघ कर्णाली प्रदेश को आदरणीयअध्यक्ष माथि जुन अमानविय हर्कत भएको छ , यश कार्यको घोर भत्सर्ना गर्दै सत्यतथ्य माथि छानवीन गरि दोषि उपर कडा कार्वाही को माग गर्दछु ।यश उपर शिक्षक महासंघको साथै सम्पूर्ण पेशागत संघ , संगठन को ध्यानाकर्षण गराउन चाहन्छु ।