ओलीको टिप्पणी- विरोधीहरू म बाँचेको र जनता कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन् (भिडिओ) – Nepal Press

ओलीको टिप्पणी- विरोधीहरू म बाँचेको र जनता कार्यकर्ताले माया गरेको देखेर चिन्तित छन् (भिडिओ)

एमालेमा कसैको देवत्वकरण हुँदैन, नेतृत्वको वरिपरि सबै गोलबन्द भएका छौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा नेतृत्व स्थापित नहोस् र झगडा होस् भन्ने सोचेर व्यक्तिको देवत्वकरणको हल्ला चलाइएको टिप्पणी गरेका छन् ।

विधान महाधिवेशन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेमा कसेको देवत्वकरण नभएको भन्दै नेतृत्वको वरिपरि सबै गोलबन्द भएको बताए ।

ओलीले भने, ‘मलाई पार्टीको अगुवा र प्रिय साथीको रूपमा जनविश्वास दिनुभएको छ एक थोपो पनि तलमाथि हुन दिने छैन । एमालेलाई बहुमतमा पुर्‍याएर मधुकैटवले हल्लाउन नसक्ने खालको सुदृढ स्थितिमा स्थापित गर्नेछु ।’

ओलीले नास्यत बहुनायक भन्ने संस्कृत श्लोक सुनाउँदै नायकै नायकको बीचमा आफू नेतृत्वमा स्थापित भएको बताए । विगतमा पनि मदन भण्डारीमाथि यस्तै प्रहार हुने गरेको र पुष्पलाललाई महाधिवेशन गर्न समेत नदिइएको भन्दै ओलीले आफूमाथि प्रहार गरेर एमाले कमजोर बनाउने प्रयास भइरहेको ओलीले बताए ।

अध्यक्ष ओलीले भने, ‘अहिले विरोधीहरू मुख्यतः दुई कुराले चिन्तित छन् । एउटा म बाँचिरहेकोमा चिन्तित छन् । अर्को कार्यकर्ता र जनताले माया गरेको देखेर चिन्तित छन् । म किड्नी फेरेर पनि बाँचिरहेकोमा उनीहरूलाई चिन्ता छ । म बाँचे त मेरो के दोष ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर