सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष – Nepal Press

सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद तोकिएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०६९ मंसिर १० गतेको मन्त्रीस्तरीय निर्णयबाट ६० वर्षे उमेर हदको निर्णय भएको भन्दै सोही अनुसार कार्यान्वयन गर्ने/गराउने व्यवस्थाका लागि देशभरका स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइलाई परिपत्र गरेको छ ।

केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले गरेको पत्राचारमा विद्यालयमा कार्यरत कर्मचारीको उमेर हद शिक्षक सरह लागू भएको उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *