सुनको बालासहित एक जना कलंकीबाट पक्राउ – Nepal Press

सुनको बालासहित एक जना कलंकीबाट पक्राउ

काठमाडौं । काठामाडौंको कलंकी ढुङ्गेअड्डा पुलबाट सुनको बालासहित एक जना पक्राउ परेका छन् ।

प्रहरीले ५० ग्राम सुनको बालासहित नवलपरासी पूर्व कावासोती नगरपालिका -८ बस्ने पाल्पा चिडापानी-३ घर भएका ४८ वर्षीय बिनोद गिरीलाई पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले शनिबार पक्राउ गरिएको वृत्तले जनाएको छ ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *