विदाइ हुँदै राजदूत रेग्मीले भने : बेलायती महारानीलाई गोर्खालीको मुद्दा राख्ने सपना अधुरै रह्यो – Nepal Press

विदाइ हुँदै राजदूत रेग्मीले भने : बेलायती महारानीलाई गोर्खालीको मुद्दा राख्ने सपना अधुरै रह्यो

लन्डन । सरकारले फिर्ता बोलाएपछि बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी ६ महीनामै स्वदेश फर्कने तयारीमा छन् । गोर्खालीलाई समान पेन्सन दिलाउन बेलायत सरकारसँग वार्ताको सहजीकरण गर्नुपर्ने बेला उनी नेपाल फर्कने तयारीमा छन् ।

यस्तोमा उनलाई गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले विदाइ गरेको छ । लन्डनमा आयोजित एक र्काक्रममा सत्याग्रह समितिका पदाधिकारीले रेग्मीलाई विदाइ गरे । गत २१ सेप्टेम्बरमा शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् बैठकले परराष्ट्रका कर्मचारीबाहेक पूर्ववर्ती केपी शर्मा ओली सरकारले राजनीतिक कोटामा पठाएका सबै १० राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेपछि रेग्मी अक्टोबर अन्तिम साता नेपाल फर्किंदैछन् ।

कार्यक्रममा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले राजदूत रेग्मीको कूटनीतिक क्षमता र साहसका कारण आफूहरुको भोक हड्ताल अन्त्य भइ बेलायत सरकार वार्तामा बस्न राजी भएको भन्दै उनीप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

प्रत्युत्तरमा राजदूत रेग्मीले भने, ‘म केही महिना बस्न पाएको भए गोर्खा मुद्दा किनारा लगाइ इतिहास लेख्न चाहन्थें । जोखिम मोलेरै काम गर्ने व्यक्ति हुँ म । बेलायती कैयौं मन्त्रीलाई भेटें । प्रधानमन्त्री बोरिस जोन्सनलाई पनि भेट्ने र महारानी समक्ष गोर्खा मुद्दा राख्ने मेरो सपना अधुरो रह्यो ।’

रेग्मीले आफू नेपाल रहे पनि अब आउने नयाँ राजदूतसंग आफूले थालनी गरेको कामबारे प्रष्ट पार्ने आश्वासन दिएको पनि राईले जनाए । राजदूत रेग्मीले गोर्खा मुद्दा समाधानका लागि मन्त्रीस्तरिय वार्ता कमिटी गठन हुनुपर्नेमा जोड दिंदै यसका लागि आफूले पनि पहल गर्ने बताएको राजदूतको भनाइ उधृत गर्दै सत्याग्रहले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर