विश्वकप काउन्टडाउनको खुशि मनाउन चन्द्रागिरीमा कतारी दूतावासको फुड फेस्टिभल


काठमाडौं । दोहामा हुने विश्वकप फुटबलको उल्टोगणना (काउन्टडाउन) सुरु भएको खुशियालीमा कतार दूतावासले काठमाडौंको चन्द्रागिरीमा खाना महोत्सवको आयोजना गरेको छ ।
शुक्रबार भएको उक्त फेस्टिभलमा कूटनीतिज्ञहरु सहभागी रहेको कतारी दूतावासले जनाएको छ ।
चन्द्रागिरीमा आयोजित फेस्टिभलमा कतारी दूतावासले केबुलकारमार्फत खाना ओसारेर अरबी र अन्य विदेशी खानाको स्वाद पस्किएको हो । अनौपचारिक कार्यक्रमका बीच राजदूतहरुले चन्द्रागिरीबाट देखिने दृश्यावलोकन गर्दै खानाको मजा लिए ।
नेपालका लागि खाडी मुलुकका राजदूतसहित पूर्वनेपाली राजदूतहरु फेस्टिभलमा सहभागि थिए । चन्द्रागिरी हिल्स र कतारी दूतावासको आयोजनामा फुड फेस्टिभल आयोजना गरिएको हो ।कतारी राजदूत युसुफ बिन मोहम्मद, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल लगायतले अतिथिलाई स्वागत सत्कार गरेका थिए ।