१५ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ – Nepal Press

१५ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारी पक्राउ

जनकपुरधाम । पर्सा प्रहरीले साढे १५ लाख रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भारतको पुर्वी चम्पारण जिल्ला कंगेली-१ बसतपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्साको धोविनी गाउँपालिका- ३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेल रहेका छन् ।

वीरगञ्ज महानगरपालिका- २५ सिर्सिया छोटी भन्सार अगाडिबाट उनीहरु पक्राउ परेका हुन् । भारतबाट आएका ना. ६० प. ५९९८, ना. ४१ प. १०४८ र ना ६४ प. ८३५९ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुको साथबाट स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ बरामद भएको प्रहरीले बताएको छ ।

उनीहरु हुण्डी कारोबारी रहेको प्रहरीको दावी छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्धको कसूरमा तीनै जनामाथि अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर