प्रचण्डको प्रस्ताव- फुटेका माओवादी मिलेर नयाँ जनयुद्ध गरौं, चुनाव प्रणाली र शासकीय स्वरूप फाल्न सकिन्छ – Nepal Press

प्रचण्डको प्रस्ताव- फुटेका माओवादी मिलेर नयाँ जनयुद्ध गरौं, चुनाव प्रणाली र शासकीय स्वरूप फाल्न सकिन्छ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले विभिन्न चिरामा बाँडिएका माओवादीहरू एकजुट भएर नयाँ खालको जनयुद्ध गर्नुपर्ने बेला आएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा जनयुद्धसम्बन्धी एक पुस्तक विमोचन समारोहमा अध्यक्ष प्रचण्डले आफूले बेलैमा सोचेर जनयुद्धको बाटो परिवर्तन गरेर दुश्मनको घेरा तोडेको बताए ।

प्रचण्डले आफूहरू फुटेपछि प्रतिक्रियावादीहरुले हेप्ने र घेरा हाल्ने काम गरिरहेको भन्दै मोहन वैद्य, विप्लब, बाबुरामलगायत सबै माओवादी धारा एक ठाउँमा आउने हो भने नयाँ जनयुद्ध जित्न सकिने बताए ।

प्रचण्डले भने, ‘मैले भन्ने गरेको छु हामीलाई यसैगरी हेप्ने र घेरा हाल्ने हो भने नयाँ जनयुद्धमा जान्छु । त्यो भनेर अहिले नै हतियार उठाउने, भूमिगत हुने भनेको होइन । लाखौं जनतालाई लिएर सडकमा गयौं भने यिनीहरूले बनाएको निर्वाचन प्रणाली, यिनीहरूको शासकीय स्वरूपलाई फाल्न सकिन्छ।’

अध्यक्ष प्रचण्डले आफूलाई पहिलोपटक प्रधानमन्त्रीबाट हटाउन पार्टीभित्रैबाट षड्यन्त्र भए पनि आफू अहिले त्यसो भन्ने पक्षमा नरहेको बताए । आफूविरुद्ध कहाँ कहाँ बैठक बसेर कसले के गर्‍यो भन्ने जानकारी आफूलाई रहेको प्रचण्डले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर