ब्रिटिस कलेजमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पढाइने – Nepal Press

ब्रिटिस कलेजमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पढाइने

काठमाडौँ । ब्रिटिस कलेजमा बीएस्सी (हन्स) साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषयको पठनपाठन सुरू हुने भएको छ । ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको सो कलेजले आउँदो नोभेम्बरबाट सो विषयको पढाइ संचालन गर्ने भएको हो ।

कम्प्युटिङ डिग्रीलाई परिष्कृत बनाउँदै साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय सुरू गर्न लागिएको कलेजले जनाएको छ । यो विषय युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्ड (युडब्लुई) को सम्वन्धनमा संचालन हुनेछ । बेलायतमा इन्जिनियरिङ काउन्सिल तथा ब्रिटिस कम्प्युटर सोसाइटीबाट पनि यो विषयलाई मान्यता दिइएको छ ।

पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएसँगै विद्यार्थीलाई कम्प्युटरमा आधारित गतिविधिहरूको जाँच, प्रविधियुक्त उपकरणहरूको उपयोग, साइबर क्राइमको जोखिम नियन्त्रणका लागि यो विषय छनोट गरिएको कलेजका कार्यक्रम प्रमुख तथा एसोसिएट डीन अरुण जोशीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर