ईपीएलः चितवनलाई पोखराले दियो १ सय २४ रनको लक्ष्य, विवेकको अर्धशतक – Nepal Press

ईपीएलः चितवनलाई पोखराले दियो १ सय २४ रनको लक्ष्य, विवेकको अर्धशतक

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा शुक्रबार जारी दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवन टाइगर्सले १ सय २३ रनको योगफल तयार गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामै पहिलो पटक ब्याटिङ रोजेको पोखराले खराब सुरूआत गरेको थियो । तर, अपेक्षित ब्याटिङ गर्न नसक्दा पोखराले ठूलो लक्ष्य तयार गर्न सकेन ।

ओपनर रित गौतमलाई दोस्रो ओभरमै चार रनमा गुमाएको पोखराको माथिल्लो ब्याटिङ कर्डर ‘कोल्याप्स्ड’ भएसँगै ठूलो योगफलतर्फ लम्किन सकेन ।

पोखराले ओपनर रिचार्ड लेभीबाहेक सुरूआती चार ब्याट्सम्यानलाई १० भन्दा कम रनमा गुमाएको थियो । यद्यपि, पोखराका लागि असेला गुणारत्ने र विवेक यादवले ५६ रनको साझेदारी गर्दै टोलीलाई १०० रन नजिक पुर्‍याएका थिए ।

विवेकले पोखराका लागि महत्त्वपूर्ण ५३ रनको अर्धशतकीय इनिङ खेले । उनले ४५ बलमा ३ चौका र ३ छक्कासहित प्रहार गरेका थिए ।

यस्तै, चितवनका लागि साहब आलमले आफ्नो कोटाको चार ओभरमा १७ रन खर्चेर २ विकेट लिए । कप्तान सोमपाल कामीले पनि चार ओभरमा १२ रन खर्चेर १ मेडनसहित एक विकेट लिए ।

अर्का तीव्र गतिका बलर कमलसिंह ऐरीले पनि ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए ।

भैरहवा ग्लाडिएटर्सविरुद्धको पहिलो खेल वर्षाले प्रभावित भएसँगै पोखराले १/१ अंक बाँडेको थियो । यस्तै समयमा सुरु हुन नसकेको दोस्रो खेलमा भने पोखराले ७ ओभरको खेलमा ललितपुर प्याट्रिओट्सलाई ९ विकेटले पराजित गरेको थियो ।

त्यस्तै, सुरूआती दुई खेलमा जित निकालेको चितवन पनि लगातार तेस्रो जित निकाल्दै प्लेअफ नजिक पुग्न चाहन्छ । पहिलो खेलमा भैरहवा ग्लाडिएटर्सलाई २ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा काठमाडौं किङ्ग्स-११ लाई ३ विकेटले हराएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर