घाँटीमा समस्या र ज्वरोका कारण ओलीको प्रतिवेदन वाचनको जिम्मा शंकर पोखरेललाई – Nepal Press

घाँटीमा समस्या र ज्वरोका कारण ओलीको प्रतिवेदन वाचनको जिम्मा शंकर पोखरेललाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घाँटीमा समस्या आएपछि विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन वाचन गर्ने जिम्मा शंकर पोखरेललाई दिइएको छ ।

केही दिनदेखि ज्वरोसमेत आइरहेको र घाँटीमा समस्या रहेकाले लामो प्रतिवेदन वाचन गर्न अप्ठेरो भएकाले पोखरेललाई दिइएको स्थायी कमिटी सदस्य विष्णु रिमालले नेपाल प्रेसलाई जानकारी दिए ।

प्रतिवेदन वाचन गर्दा गर्दै ओलीलाई घाँटीमा समस्या भएकोले पानी पिएपछि आराम गरेका छन् । बाँकी प्रतिवेदन पोखरेलले वाचन गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर