एमाले मात्रै होइन राष्ट्रियता र लोकतन्त्र विभाजनको प्रयास भयो: ज्ञवाली (भिडिओ) – Nepal Press

एमाले मात्रै होइन राष्ट्रियता र लोकतन्त्र विभाजनको प्रयास भयो: ज्ञवाली (भिडिओ)

ललितपुर । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले राष्ट्रियता, लोकतन्त्र र सामाजिक राजनीतक रुपान्तरणको अभियान विभाजित गर्ने प्रयास असफल पारिने बताएका छन् ।

प्रथम विधान महाधिवेशनको समुद्घाटन समारोहमा उद्घोषण गर्दै ज्ञवालीले एमाले नभएर राष्ट्रियता र लोकतन्त्र विभाजन गर्न खोजिएको बताए ।

‘मध्यरातमा अधिवेशन अन्त्य गरेर, बिहान झिसमिसेमै अध्यादेश ल्याएर एमाले चोइटाउने प्रयास गरियो । एमालेबाट केही साथीहरुलाई विभाजित गर्न अनुकुलता सिर्जना गरियो । एमाले विभाजन एउटा पार्टीको विभाजन होइन राष्ट्रियता, लोकतन्त्र र सामाजिक राजनीतिक रुपान्तरणको विभाजन प्रयास हो’, ज्ञवालीले भने । उनले यस्तो प्रयास कुनै हालतमा सफल हुन नदिन एमाले सक्षम रहेको बताए ।

एमाले नभएको भए नाकाबन्दीको सामना मुलुकले गर्न नसक्ने भन्दै ज्ञवालीले भने– नेकपा एमाले हुदैनथ्यो भने नाकाबन्दीको सामना यो देशले गर्न सक्दैनथ्यो । चुच्चे नक्सा जारी गर्न सक्दैनथ्यो । एमाले नभएको भए संविधान पनि बन्दैनथ्यो ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको विधान महाधिवेशनको उद्घाटन सत्र जारी छ ।

.


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर