रौतहटको गुजराबासीमाझ मेगा बैंकको कृषि कर्जा साक्षरता – Nepal Press

रौतहटको गुजराबासीमाझ मेगा बैंकको कृषि कर्जा साक्षरता

काठमाडौं । मेगा बैंकले रौतहटको गुजरा नगरपालिकाका किसानलाई कृषि कर्जा तथा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ ।

धान, दाल तथा मकैको पकेट क्षेत्र रहेको गुजरावासीलक्षित यस कार्यक्रममा व्यवसायिक कृषिका लागि अधिकतम कृषि कर्जाको उपयोग गर्न बैंकले आग्रह गरेको छ ।

उर्बर नेपाल प्रालिसँगको सहकार्यमा गरिएको कार्यक्रममा ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्डलगायतका बैंकिङ सेवाहरूको जानकारी दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर