प्रेमको नाटक गरेर बालिका बेच्न खोज्ने युवक पक्राउ – Nepal Press

प्रेमको नाटक गरेर बालिका बेच्न खोज्ने युवक पक्राउ

पर्वत । प्रेमको नाटक गरेर १४ वर्षीया किशोरीलाई भारतमा बेच्न खोज्ने एक युवक पक्राउ परेका छन् । प्रहरीले मोदी गाउँपालिका(५ बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार पक्राउ गरेको हो ।

१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्‍याएका थिए ।

जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका-६ शिवालय चोकबाट पक्राउ गरेको हो ।

उनी माथि मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर