गोकुल बास्कोटाको क्यारिकेचर गर्दै प्रचण्डले भने- हामीलाई हेप्न पाइँदैन, उसलाई नै हेप्ने हो (भिडिओ) – Nepal Press

गोकुल बास्कोटाको क्यारिकेचर गर्दै प्रचण्डले भने- हामीलाई हेप्न पाइँदैन, उसलाई नै हेप्ने हो (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको नक्कल गर्दै आफूहरूलाई हेप्न नपाइने बताएको छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अब गाउँ-गाउँबाट जाली फटाहालाई वाईसीएल र अखिल क्रान्तिकारीले लखेट्नुपर्ने बताए ।

गोकुल बास्कोटाको नक्कल गर्दै प्रचण्डले भने, ‘एकजना मन्त्री थिए नि,हेप्नी ? भन्ने । हेप्ने त हेप्ने नै हो तर उसलाई हेप्ने हो । हामीलाई हेप्न पाइदैन, क्रान्तिकारीलाई हेप्न पाइदैन । जनतालाई हेप्न पाइँदैन ।’

आफूले संसदमा आगोसँग नखेल भनेको भाषण सम्झाउँदै प्रचण्डले त्यसपछि केपी ओली बालुवाटारबाट बालकोट पुगेको बताए । गण्डकी र लुम्बिनी सरकार गुमेको भन्दै अब प्रदेश १ र वागमतीबाट निकाल्ने प्रचण्डले बताए ।’

उनले भने, ‘अब यसैगरि जान्छ जान्छ । छोड्ने कुरा छैन । जाग्ने हो । यी गणतन्त्रविरोधी तत्वलाई तह लगाएरमात्र चैन हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर