माधव नेपालको पीसीआर रिपोर्ट नेगेटिभ, स्वास्थ्य सामान्य – Nepal Press

माधव नेपालको पीसीआर रिपोर्ट नेगेटिभ, स्वास्थ्य सामान्य

काठमाडौं । स्वास्थ्य समस्या आएपछि अस्पताल भर्ना भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

सामान्य ज्वरो, वान्ता आउने, पेटलगायतका समस्या भएपछि हिजो साँझ भर्ना भएका नेपालको स्वास्थ्य अवस्थाको त्रिवि शिक्षण अस्पतालले बुलेटिनमार्फत जानकारी गराएको हो । अस्पतालका अनुसार नेपालको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

आज अपरान्ह गरिएको ल्याव परीक्षणको रिपोर्टमा इलेक्ट्रोलेट सोडियम लेभल सुधार आएको साथै शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *