प्रचण्ड भन्छन्- दलालको पैसा लिएर चुनाव जितिन्न, पूर्णसमानुपातिक भनेर आन्दोलन गरे जित्छौं – Nepal Press

प्रचण्ड भन्छन्- दलालको पैसा लिएर चुनाव जितिन्न, पूर्णसमानुपातिक भनेर आन्दोलन गरे जित्छौं

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्णसमानुपातिक निर्वाचन प्रणालीको कुरा उठाएर आन्दोलन गर्नुपर्ने बताएका छन् ।

विहीबार राजधानीमा अखिल (क्रान्तिकारी) को २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्ड हतियार नउठाइ यो आन्दोलन जितिने पनि बताए ।

‘पूर्णसमानुपातिक निर्वाचन प्रणाली चाहियो भने के हुन्छ त भने आन्दोलन हुन्छ हामी जित्छौं,’ प्रचण्डले भने, ‘हतियार उठाउन पनि पर्दैन । हिंसा गर्न पनि पर्दैन । लाखौंलाई सकडमा ल्याए हुन्छ ।’

प्रचण्डले अहिलेका चुनाव निकै खर्चिलो भएको भन्दै त्यसका लागि पनि पूर्णसमानुपातिक आवश्यक रहेको बताए।

जनयुद्धका बेला लड्न जान पाइन भनेर रुने धेरै भए पनि अहिले पद पाइन भनेर रुने बढेको भन्दै प्रचण्डले चिन्ता व्यक्त गरे । यद्यपि यसलाई सुधार गर्न सकिने उनको विश्वास छ ।

अध्यक्ष प्रचण्डले दलाल पुँजीपतिहरूसँग पैसा मागेर कहिलेसम्म चुनाव लड्ने भन्दै दलालको पैसाले जित्ने चुनाव विकृतिपूर्ण रहेको बताए । उनले यस्तो चुनाव माओवादीले नचाहेको र यस्ता जालझेलको चुनाव क्रान्तिकारीले जित्न नसक्ने भन्दै पूर्णसमानुपातिकको आन्दोलन गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर