पक्राउ परेका युट्युबरको पक्षमा उभियो पत्रकार महासंघ, संवैधानिक अधिकारको सम्मान गर्न माग – Nepal Press

पक्राउ परेका युट्युबरको पक्षमा उभियो पत्रकार महासंघ, संवैधानिक अधिकारको सम्मान गर्न माग

काठमाडौं । प्रहरीको साइवर व्युरोले विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ गरेका चारजना युट्युवरको पक्षमा पत्रकार महासंघ उभिएको छ । महासंघले समाचारमा चित्त नबुझे प्रेस काउन्सिलमा जाने बाटो हुँदा हुँदै प्रहरीले पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ ।

महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गरी उनीहरु नेपाल पत्रकार महासंघका सदस्य रहेको र पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न ध्यानाकर्षण गराएका छन् ।

प्रहरीले विभिन्न महिलाको चरित्रहत्या गर्ने युट्युब सामग्री प्रसारण गरेको भन्दै युट्युबरहरु प्रदीप भण्डारी,रोधन तामाङ,शिशिर अधिकारी र पिंकला कार्कीलाई बुधबार पक्राउ गरेको थियो ।

याे पनि पढ्नुहाेस्

महिलाको चरित्रहत्या हुने सामग्री प्रसारण गर्ने युट्युवरहरू पक्राउ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर