सान्दुन विराक्कोडिको अर्धसतकमा ललितपुरले भैरहवालाई दियो १७८ रनको लक्ष्य – Nepal Press

सान्दुन विराक्कोडिको अर्धसतकमा ललितपुरले भैरहवालाई दियो १७८ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा सान्दुन विराक्कोडिको अर्धसतकमा ललितपुर प्याट्रियट्सले भैरहवा ग्लाडिएटर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगितामा टस हारेर व्याटिङको निम्तो पाएको ललितपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रनको योगफल तयार गरेको थियो ।

ललितपुरका लागि सान्दुनले ४१ बलमा ५ छक्का र २ चौकासहित सर्वाधिक ५८ रन जोडे । त्यस्तै अजमतुल्लाह ओमारजाईले २२ बलमा ४ छक्का र २ चौकासहित ४२ रनको उत्कृष्ट इनिङ खेले ।

सन्दीप जोरा २५ बलमा २ चौका र २ छक्कासहित ३८ रन, ओसादा फर्नान्डो १९ बलमा २० रन बनाए । कप्तान तथा ओपनर कुशल भुर्तेल २ रन बनाएर पेभिलियन फर्किँदा अरु व्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

भैरहवाको बलिङमा अविनाश बोहराले सर्वाधिक २ विकेट लिए । त्यस्तै, धामिका प्रसाद, कृष्ण कार्की, आरिफ शेखले समान १ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *